CWIN-नेपालद्वारा दोलखाको सिङ्गटी प्राथमिक अस्पतालमा प्रभावकारी सञ्चार सीप विषयक सत्र सञ्चालन गरिएको छ। उक्त सत्रमा चिकित्सक, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, एएनएम, सिएमए तथा प्रयोगशालामा कार्यरत कर्मचारीहरू गरी जम्मा २३ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

सत्रमा उपचारका लागि आउने सेवाग्राहीहरूलाई सम्मानजनक, सहानुभूतिपूर्ण तथा गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूका लागि प्रभावकारी सञ्चारको आवश्यकता र महत्वबारे छलफल गरिएको थियो।