सिविन–नेपाल
नेपालमा बालअधिकार आन्दोलनको तीन दशक
१९८७–२०१७

सबै बालबालिकाले आधारभूत मानव अधिकार उपभोग गरेको र राज्यले यी अधिकारहरुको सम्मान, संरक्षण र परिपालनाको पूर्ण जिम्मेवारी लिएको न्यायपूर्ण, समृद्ध र समावेशी समाजको परिकल्पना गर्दै स्थापित सिविन–नेपालको गठनसँगै आरम्भ भएको नेपालको बालअधिकार आन्दोलनले तीन दशक पार गरेको छ । बालबालिकाका सन्दर्भमा नवीन सोच र चिन्तनकासाथ लोकतान्त्रिक तथा मानवअधिकार आन्दोलनमा क्रियाशील विश्वविद्यालयका विद्यार्थीहरुद्वारा श्री गौरी प्रधानको नेतृत्वमा सन् १९८७ मा नेपालको पहिलो बालअधिकार संस्थाका रुपमा स्थापित यस संस्थाले नेपालमा बालअधिकार आन्दोलनको बिजारोपण गर्नुका साथै निरन्तर नेतृत्वदायी र समन्वयकारी भूमिका निर्वाह गरिआएको छ ।
सिविन–नेपालले राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि राष्ट्रसंघबाट पारित हुनु करिब ३ बर्ष अगावै नेपालमा बालअधिकारको मुद्दालाई उठान गरेको हो । कुनै चर्चाको विषय नरहेको बालअधिकारको विषयलाई राष्ट्रिय तथा आमसरोकारको विषयका रुपमा रूपान्तरण गर्न पनि सिविन–नेपाल उत्तिकै क्रियाशील रह्यो । फलतः यतिबेर बाल अधिकारको विषय नेपालमा एक महत्वपूर्ण राजनीतिक तथा सामाजिक मुद्दाका रुपमा स्थापित छ । बालअधिकारका बारेमा कुरै नहुने त्यो बेला बालअधिकारका सन्दर्भमा कुनै कानुनी आधार र संरचना हुने त कुरै भएन । यसरी सुषुप्त अवस्थामा रहेको बालअधिकारका विषयलाई सिविन–नेपालले बालबालिका विशेषतः जोखिम परिस्थितिमा रहेका बालबालिकाका निम्ति बिभिन्न नमूना कार्यक्रमहरु सञ्चालन गर्ने, बालअधिकारसम्बन्धी संचेतना फैलाउने, बाल सरोकारका विभिन्न बिषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने, सरोकारवालाहरुबीच बालअधिकारसम्बन्धी अवधारणात्मक स्पष्टताका लागि छलफल, तालिम, गोष्ठी जस्ता कार्यक्रमहरुको आयोजना गर्ने र बालबालिकासम्बन्धी नीति, कानुन तथा संरचनाहरुको लागि नीतिगत बहस गर्दै तिनको निर्माण तथा गठनको माग गर्दै बालअधिकार आन्दोलनलाई निरन्तरता दियो ।
विशेषतः २०४६ को राजनीतिक परिवर्तन र राज्यले राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरिसकेपछि बालबालिकाका क्षेत्रमा काम गर्न सहज वातावरण बन्दै गयो । यस क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाहरु पनि गठन हुँदै गए । यसरी स्थापित संघसंस्थाहरुसँग समन्वय र सहकार्य बढ्दै गए पछि बालअधिकार आन्दोलनले थप गति लियो । आवश्यकता अनुसारका सञ्जालहरुको निर्माणबाट बालबालिकाका विषयमा संगठित आवाज सुनिन थालियो । बालबालिका स्वयम् समाज परिवर्तनका सम्वाहक हुन सक्तछन् भन्ने मान्यता स्थापित हुँदै जाने क्रममा उनीहरु स्वयम् पनि बालअधिकार मञ्च तथा विभिन्न बालक्लबहरुमा संगठित हुन थाले र आफूलाई बालअधिकार संवाहकको रुपमा प्रमाणित गर्न थाले ।

सशक्त नागरिक समाजको साथसहयोग र राष्ट्रसंघीय बालअधिकार महासन्धिको पक्ष राष्ट्र हुनुको नाताले सरकार पनि बालबालिकासम्बन्धी कानुन, नीति तथा कार्यक्रम तर्जुमा गर्न सकारात्मक तरिकाले अगाडि बढ्न थाल्यो । यसको परिणामस्वरुप यतिबेर बालबालिकासम्बन्धी विभिन्न ऐन, कानुन, नीति, योजना तर्जुमा हुनुका साथै बालअधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि गाउँ देखि केन्द्रसम्म थुप्रै संरचनाहरु पनि निर्माण भएका छन् । नेपालको संविधान (२०७२) त झन् बालअधिकारका दृष्टिकोणले ज्यादै प्रगतिशील रहेको छ । यी सबै कारणहरुबाट सरकार र नागरिक समाजबीचको सहकार्यमा पनि अभिवृद्धि भएको छ । सरकारले तर्जुमा गरेका बालमैत्री स्थानीय शासन र बाल संरक्षण जस्ता नीति र कार्यक्रमहरुबाट बालबालिकाको सहभागितामा अभूतपूर्व अभिवृद्धि भएको छ । यतिञ्जेल हामी निर्माण भएका नीति, कानुन र संरचनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग सहकार्य गर्ने र नागरिक समाजका तर्फबाट नमूना कार्यक्रम गरेर देखाउने चरणमा आइपुगेका छौं । नेपालको बालअधिकार आन्दोलन वर्तमान अवस्थासम्म आइपुग्ने क्रममा देशमा सशस्त्र–द्वन्द्व, विपद् लगायत थुप्रै राजनीतिक तथा अपराधिक गतिविधिहरुका कारण अनेकन् प्रतिकुलताहरु हाम्रा सामु आइपरे । तर यी सबै प्रतिकुलताबीच पनि निरन्तर अविचलित रुपमा हामी बालबालिकासँग र बालबालिकाका लागि निश्कलंक अगाडि बढी रह्यौं । आफ्ना सामु आएका कडा भन्दा कडा चुनौतीहरुलाई डटेर बालबालिकाको पक्षमा अगाडि बढ्नुका साथै समाजमा आएका नयां बिषयवस्तुमा प्रणेताका रुपमा काम गर्न सिविन–नेपाल कहिल्यै पछि हटेनौं । नेपालमा बालअधिकारको क्षेत्रमा भएका यी यावत सोच, कार्यक्रम, कार्यदिशा र उपलब्धीको विकासमा सिविन नेपालको कुनै न कुनै रुपमा महत्वपूर्ण भूमिका रहेको हामीलाई लाग्दछ । तर यसको समीक्षा र मुल्याङ्कनगर्ने जिम्मा हामी यहाँहरुलाई नै दिन चाहन्छौ ।
सशस्त्र–द्वन्द्वको दौरानमा बालसंरक्षणको निम्ति अग्रपंक्तिमा उभिनुका साथै रोल्पा, रुकुम, सल्यान, दाङ्ग, जाजरकोट लगायतका द्वन्द्व प्रभावित क्षेत्रहरुमा गाउँमै उपस्थित भई कृयाशील हुनु त्यतिञ्जेल असाध्य चुनौतीपूर्ण अवस्था थियो । सशस्त्र–द्वन्द्वको सो अवस्थामा हजारौं बालबालिकालाई द्वन्द्वको चपेटाबाट जोगाउंदै प्रत्यक्ष संरक्षण गर्नु, नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय एवम् नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा देशकै एक प्रमुख बालसंरक्षण प्रणाली बाल हेल्पलाइन नेपाल १०९८ को सञ्चालन गर्नु तथा पहिलो पटक कान्ति बाल अस्पतालसँगको सहकार्यमा बालमनोचिकित्सा बहिरङ्ग सेवा सञ्चालन गर्नु नेपालमा बालअधिकारको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीहरु हुन् । यस बाहेक भूकम्प लगायतका विपद्का बेला बालबालिकालाई केन्द्रमा राखेर सिविन–नेपालले पु¥याएको मानवीय सेवा र यसबाट प्राप्त उपलब्धीहरुले हामीलाई विपद्का बेलामा पनि उच्चस्तरको मानवीय काम गर्न सकिंदो रहेछ भन्ने आत्म विश्वास दिएको छ ।

यसरी हामीलाई अविचलित हुंदै अगाडि बढ्न प्रेरणा दिइरहने शक्तिपूञ्जका रुपमा स्वयम् बालबालिका नै रहेका छन् । बालबालिकाहरुको साथसहयोग र उनीहरुका लागि गरिने पहलहरुबाट उनीहरुमा आएको सकारात्मक परिवर्तनले हामीलाई सदैव उर्जा प्रदान गर्ने गरेको छ । यस सँगसँगै राज्यका विभिन्न निकायहरु, राजनीतिक पार्टीहरु, अन्तर्राष्ट्रिय निकायहरु, सञ्चार माध्यम, आम नागरिक लगायत अन्य सरोकारवालाहरुबाट प्राप्त साथ सहयोग पनि हामी क्रियाशील भैरहने प्रेरणा स्रोतहरु हुन् । बालअधिकार आन्दोलनका सबै सहकर्मी अभियन्ता लगायत उहाँहरु सबैमा ऐक्यबद्धता सहयोग, सद्भाव र सहकार्यको निम्ति सिविन हार्दिक आभार ब्यक्त गर्दछ ।
आगामी दिनहरुमा बालबालिकाको सशक्तीकरण एवम् उनीहरुको अर्थपूर्ण सहभागितालाई बढाउँदै बालबालिकासँगको साझेदारीमा, बालअधिकार आन्दोलनलाई थप उन्नत बनाउने दिशामा सिविन–नेपाल अग्रसर रहिरहनेछ । यसैगरी आफ्ना संचेतना कार्यक्रम मार्फत सिविन–नेपालले मूलप्रवाहका विकास गतिविधिहरुमा बालबालिकाको पनि सहभागिता बढाउने र लोकतन्त्रको संस्थागत विकासमा बालबालिका साथ रहने कुराको प्रत्याभूतिका लागि निरन्तर लागि पर्नेछ । यसक्रममा राजनीतिक पार्टीहरु, सरकार, नीति निर्माता तथा अन्य सरोकारवालाहरुलाई बालबालिकासम्बन्धी आ–आफ्ना प्रतिवद्धता पूरा गर्न सिविन–नेपालले निरन्तर खबरदारी, पहरेदारी र साझेदारीको अभियान अगाडि बढाईरहने छ । यसरी नै बालअधिकारसम्बन्धी संविधानका भावनालाई व्यवहारमा रुपान्तरण गर्ने क्रममा सिविन–नेपाल संविधानको भावना अनुसार स्थानीय, प्रादेशिक तथा संघीय सरकारसँग निकट रही आफ्ना गतिविधिहरु सातै प्रदेशमा सञ्चालन गर्दै बालबालिकासँगको साझेदारी कायम राख्दै बालबालिकाको संरक्षण र विकासको निम्ति काम गर्ने दृढ प्रतिबद्धता ब्यक्त गर्दछ ।

सिविन–नेपालका
३० बर्षका ३० महत्वपूर्ण उपलब्धीहरु
(१९८७–२०१७)

१. सन् १९८७ मा स्थापित सिविन–नेपालले राष्ट्रसंघीय बालअधिकार महासन्धि राष्ट्रसंघबाट पारित हुनु अगावै नेपालमा बालअधिकारको मुद्दालाई उठान गर्दै समग्र बालअधिकारको विषयलाई राष्ट्रिय तथा आम सरोकारको विषयका रुपमा रूपान्तरण गर्न सफल ।

२. सन् १९८८ मा दक्षिण एशियामा नै पहिलो पटक बालश्रम र बालअधिकार सम्वन्धी सम्मेलन काठमाडौंमा आयोजना ।

३. सिविन–नेपालको “क्रियाशीलतामा आधारित संचेतना” ९ब्मखयअबअथ तजचयगनज ब्अतष्यल० को अवधारणा अन्तरगत बालबालिकासम्बन्धी राष्ट्रिय नीति, ऐन, नियमावली एवम् राष्ट्रिय कार्ययोजना निर्माणमा महत्वपूर्ण योगदान ।

४. ऐतिहासिक जनआन्दोलन २०४६ साल पछि बनेको नेपालको संविधान निर्माण प्रक्रियामा संविधानमा बालबालिकाका कुरा समावेस गराउन उच्चस्तरीय संविधान सुझाव आयोगलाई सिविनद्वारा सुझाव प्रस्तुत तथा त्यसपछि बनेका ऐन कानुनको निर्माणमा सिविनको महत्वपूर्ण योगदान ।

५. बालअधिकारलाई संबैधानिक रुपमा सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको मुलुकभरका १० लाख बालबालिकाको औंठाछाप संकलन, १२ हजार बालबालिकाद्वारा ६०१ सभासदलाई चिठ्ठी जस्ता अभियानहरु मार्फत बालबालिकाको आवाजलाई नयाँ संबिधान र राज्यका महत्वपूर्ण नीतिहरुमा समावेश गर्न सफल ।
६. बालअधिकारको प्रवद्र्धन तथा बालअधिकार आन्दोलनको सुदृढीकरणका लागि स्थानीय देखि अन्तर्राष्ट्रियस्तरमा संघसंस्थाहरुबीच सञ्जाल गठन तथा क्रियाशीलताका लागि पहल तथा योगदान । बालअधिकार, बालसंरक्षण, बालसहभागिता, मानव बेचबिखन र मानवअधिकारसंग सम्वन्धित देशका राष्ट्रिय संजालहरु जस्तै बालबालिका शान्तिक्षेत्र अभियान, कन्सोर्टीयम, एट्विन, मानवअधिकार एलायन्स, राष्ट्रिय शिक्षा अभियान, नाओस्क आदि संस्थाहरुको स्थापना र विकासमा पहल ।
७. “बालअधिकार सबैको सरोकार” तथा अन्य निरन्तर सामाजिक अभियानहरु मार्फत देशभरीका ६५ लाख बालबालिका, सर्वसाधारण र सरोकारवालासम्म पहुँच एवम् सेवा प्रदान ।
८. सडक लगायत जोखिम परिस्थितिका बालबालिकाका लागि “सिविन कमनरुम”, “हाम्रो साझा थलो”, “आवधिक गृह” जस्ता नमूना कार्यक्रमहरु सञ्चालन र तिनै कार्यक्रमहरुको सिकाईबाट अन्य संघसंस्थाहरुले सोही प्रकृतिका कार्यक्रमहरु सञ्चालन गरी जोखिम परिस्थितिका बालबालिकाले सेवा पाइरहेको ।
९. बालबालिकाको संस्थागत संरक्षणलाई चुनौती दिंदै उनीहरुको सामाजिक पुनर्एकीकरणको अवधारणा शुरुवात र कार्यान्वयन । यसक्रममा १०,७४२ बालबालिकाको वैकल्पिक स्याहारसहित पारिवारिक तथा सामाजिक पुनर्एकीकरण एवं पुनस्र्थापना सफलताका साथ सम्पन्न गरेको ।

१०. ऐतिहासिक “मुम्बई रेस्क्यु” (१९९६)पछि प्रभावितहरुको स्वदेश फिर्तीको पहल र सहकर्मी संस्थाहरु एबिसि नेपाल, स्त्री शक्ति, माइती नेपाल, ओरेक, वाच नेपाल र शान्ति पुनस्र्थापना गृह, नवज्योतीसंग सहकार्य । उद्दार पछि सशक्त किशोरीहरुद्वारा संसारकै पहिलो पिडितहरुको संस्था “शक्ति समूह” को स्थापना ।
११. सन् १९९८ मा बालश्रम विरुद्धको विश्व यात्राको नेपालमा सफल आयोजना । यस अभियानलाई सफल बनाउनका लागि देशका ५० भन्दा बढी संघसंस्थाहरु क्रियाशील रहेका थिए भने हजारौं हजार मानिसहरुले सडकमा आएर यात्रामा साथ दिएका थिए । नेपालमा बाल श्रमको मुद्दालाई शिखरमा पु¥याउनका लागि यस कार्यक्रमले ठूलो मद्दत गरेको थियो ।
१२. जोखिम परिस्थितिमा रहेका बालबालिकालाई आपत्कालिन सहायता पु¥याउन सिविनद्वारा सन् १९९८ मा नेपालमा पहिलो बाल–हेल्पलाइन स्थापित ।
१३. सन् २००८ पछाडि बाल–हेल्पलाईन नेपाल १०९८ संरचना नेपाल सरकारको मताहतमा भएपछि नेपाल सरकारको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय एवं नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा सिविन–नेपालले काठमाडौं, बिराटनगर, हेटौंडा, पोखरा, नेपालगञ्ज र धनगढीमा बाल हेल्पलाइन नेपाल १०९८ (दश नौ आठ) सञ्चालन मार्फत जोखिम परिस्थितिमा रहेका करिब पाँच लाख एकहजार बालबालिकाको संरक्षणका बिषयमा प्रत्यक्ष टेलिफोन सेवा प्रदान गर्नुका साथै करिब २५,५०० जना बालबालिका (५१.६३ प्रतिशत बालक र ४८.३६ प्रतिशत बालिका) को उद्धार, आपत्कालिन सेवा तथा संरक्षण ।
१४.“सिविन बालिका” कार्यक्रम मार्फत हालसम्म २०,९९३ बालिका तथा किशोरीहरुको संरक्षण, विकास र सशक्तीकरण । नीतिहरुमा बालिकाको बिषय उत्थान लगायत बालविवाह एवं लिङ्ग पहिचान पश्चात गरिने गर्भपतन बिरुद्ध विभिन्न कार्यक्रम मार्फत देशव्यापी अभियान सञ्चालन ।
१५. बि.स. २०५२ देखि २०६२÷६३ सम्म जारी सशस्त्र द्वन्द्वको समयमा बालबालिकालाई हिंसाको शिकार नबनाउनका लागि “बालबालिका शान्ति क्षेत्र” अभियानको थालनी र नेतृत्व ।
१६. द्वन्द्व प्रभावित जिल्लाहरुमा द्वन्द्ववाट प्रभावित हुन पुगेका, सशस्त्र फौज एवं समुहसँग आवद्ध तथा राष्ट्रसंघीय जाँचबाट क्यान्टनमेण्टमा रहन नमिल्ने नाबालक प्रमाणित बालबालिका गरी करिब २० हजार बालबालिकाको निम्ति प्रत्यक्ष सहयोग, संरक्षण, विकास, आत्म निर्भरताका लागि तालिम, मनोसामाजिक सहयोग र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन ।
१७. द्वन्द्व प्रभावित बालबालिका तथा अपांगतामा रहेका बालबालिकाको संलग्नतामा सन् २०११ मा बृहत् एवम् ऐतिहासिक सांस्कृतिक कार्यक्रम “शान्ति हाम्रो चाहना–एभबअभ ष्क इगच ब्कउष्चबतष्यल” को आयोजना । यस कार्यक्रम मार्फत बालबालिकाको निम्ति शान्ति एवं शारीरिक तथा बौद्धिक अपांगता भएका बालबालिकाका अधिकार र सशक्तिकरणको पैरबी र सचेतना अभियानमा योगदान ।
१८. श्रमिक, सडक बालबालिका, द्वन्द्व पीडित तथा प्रभावित, प्रकोप प्रभावित, अभिभावक विहीन, सीमान्तकृत तथा आर्थिक रुपमा विपन्न परिवारका शिक्षाविमुख १०२,४७३ जना बालबालिकालाई प्रत्यक्ष शैक्षिक सहायता प्रदान ।
१९. जोखिम परिस्थितिमा रहेका करिब ६,५२८ जना नव युवा (१४ देखि २४ वर्ष उमेर समूहका) लाई आत्मनिर्भर बन्न “सिविन आत्मनिर्भर केन्द्र” मार्फत सीप, शिक्षा तथा लघु उद्यममा सहयोग ।
२०. बालबालिकाको सहभागिता र सशक्तीकरणका लागि मुलुकका विभिन्न क्षेत्रका ६ सय ३० बालक्लब, ७५ किशोरी समूह र ७१८ युवाक्लबहरुसँग साझेदारी । फलस्वरुप नवयुवाहरुद्वारा लूःनिभाः बालसरोकार समूह, एकीकृत राष्ट्रिय किशोरी सञ्जाल, युथसेफ तथा अंकुर नाट्य समूहको स्थापना । सन् २००० मा जागृति बालक्लब र सिविनको संयुक्त पहलमा बालबालिकाको स्वायत्त संस्था दर्ताको निम्ति सर्वौच्च अदालतमा मुद्दा हालि संसारमै पहिलो बालबालिकाद्वारा सञ्चालित संस्था गठन ।
२१. बालसंरक्षण, बालश्रम, बालयौन शोषण, ओसार पसार, द्वन्द्व र बालबालिका, इन्टरनेट अनलाईनमा बालसंरक्षण, सडक बालबालिका, बालबालिका र वातावरण लगायत बालबालिकासँग सम्बन्धित विषयमा १११ वटा अध्ययन, अनुसन्धान एवं उक्त बिषयहरुमा कार्यक्रम सञ्चालन ।
२२. बालअधिकार र मानवअधिकारका विविध विषयमा नेपालको पहिलो राष्ट्रियस्तरको सूचना तथा स्रोत केन्द्र सञ्चालन गरी सो केन्द्र मार्फत ६१,००० स्वदेशी तथा बिदेशी अनुसन्धानकर्ता, विद्यार्थी, संचारकर्मी, अधिकारकर्मी, सामाजिक कार्यकर्तालाई सेवा प्रदान ।
२३. एनटिभि प्लसबाट साप्ताहिक कार्यक्रम बाल सरोकारमार्फत बालअधिकारका विभिन्न आयाममा समाचार, अन्तक्रिया, छलफल, बहस, जनचेतनामुलक सन्देशहरु प्रशारण भइरहेको छ भने हालसम्म उक्त कार्यक्रमले ४४० अंक पार गरिसकेको । यसैगरी साप्ताहिक रुपमा निर्माण र प्रसारण गरिंदै आएको रेडियो कार्यक्रम देशका १८ वटा सामुदायीक रेडियो मार्फत प्रसारण भई हालसम्म ८३२ औं अंक पुगेको । यहि क्रममा ६० बटा भिडियो बृत्तचित्र निर्माण एवं प्रशारण ।
२४. “फ्रेण्ड्स अफ सिविन” कार्यक्रम मार्फत २०,८०० जना विभिन्न क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वयंसेवीहरुको सिविन अभियानमा प्रत्यक्ष संलग्नता ।
२५. बालअधिकारका आयामहरु बालसंरक्षण, विकास, सहभागिता र बालअधिकार सचेतनाको बिषयमा जिल्ला बालकल्याण समिति, शिक्षक, गैसस सदस्य÷कर्मचारी, नेपाल प्रहरी, कानुन व्यवसायी, जिल्ला विकास प्रतिनिधि, स्वास्थ्य कार्यकर्ता, आमा समूह, किशोर किशोरी, युवा, बालबालिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, धार्मिक तथा सामुदायिक नेता, मानवअधिकार तथा महिला अधिकारवादीहरु, जनजाति नेता कार्यकर्ता, ट्रेडयुनियन आदि गरी १ लाख ८० हजार भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष तालिम प्रदान ।
२६. बालसहभागिता मार्फत बालसाहित्य सिर्जना सम्भव रहेको कुरा सिविनद्वारा प्रतिपादित “सहसिर्जना” को अवधारणाको परीक्षण र अभ्यासबाट व्यवहारिक पुष्टि । बालअधिकारको सम्वद्र्धन र संरक्षणको निम्ति अध्ययन, अनुसन्धान र अनुभवमा आधारित बिचार प्रधान “बालसरोकार” नामक पत्रिका र बालबालिकाको निम्ति “बाल चौतारी” को प्रकाशन । यसैगरी बालअधिकारका विविध बिषयमा बालअधिकारकर्मी तथा साहित्यकार÷गीतकारहरुद्वारा रचना गरिएका गीतहरु समेटिएको ६ वटा गीति एल्बम निर्माण ।
२७. सिविनले बालअधिकार बाहेक बृहत् मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा पु¥याएको योगदानका कारण ती क्षेत्रबाट समेत अपेक्षा बढेको अवस्था । यस क्रममा सिविनका संस्थापक अध्यक्षले गैसस महासंघ, मानवअधिकार एलायन्स जस्ता बृहत् नागरिक समाजका संस्थाहरु र केन्द्रिय बाल कल्याण समितिको सफल नेतृत्व प्रदान । साथै राष्ट्रिय मानवअधिकार आयोगको सदस्य तथा प्रवक्ताको रुपमा मनोनीत भई सफतापूर्वक कार्य सम्पादन ।
२८. “ब्यानर्स टु व्याग्स” जस्ता सिर्जनात्मक कार्यक्रम मार्फत वातावरणीय संरक्षणमा योगदान । वातावरणलाई क्षति पु¥याउन सक्ने ब्यानरहरुलाई जम्मा पारी झोला लगायतका सामग्री बनाउने र बिक्रि वितरणमा राख्दा यस अवधारणाले विदेशमा समेत ख्याति कमाएको छ र यसरी सामग्री तयार पार्ने क्रममा धेरैले रोजगारी पाएर यसले व्यवसायिक स्वरुप पनि पाएको छ ।
२९. २०७२ सालमा गएको विनासकारी भुकम्प लगत्तै ३ लाख १५ हजार भूकम्प प्रभावित जनता र बालबालिकामाझ आपत्कालिन सहयोग सामग्री वितरण । सोही क्रममा ११८ स्वास्थ्य शिविर मार्फत ४७०० बालबालिकाको निम्ति स्वास्थ्य जाँच र मनोसामाजिक सेवा एवम् मनोसामाजिक प्राथमिक सेवा प्रदान । १५०० भुकम्प प्रभावित घर परिवारको अस्थायी वसोवासका लागि जस्तापाता र ७४०० बालबालिकाको लागि न्यानो कपडा वितरण । साथै, २४२ अस्थायी शिक्षण केन्द्र, ५० विद्यालयको मरम्मत, तथा २० पूर्ण सुविधायुक्त विद्यालयको पुनर्निर्माण ।
३०. विगत २ वर्ष देखि नेपालमानै पहिलो पटक कान्ति बालअस्पतालसंगको सहकार्यमा बालमनोचिकित्सा बहिरङ्ग सेवा सञ्चालित ।