सन्दर्भः अन्तर्राष्ट्रिय बालिका दिवस

✍️ प्रतिमा केसी, सदस्य, राष्ट्रिय किशोरी सञ्जाल ०

बालिकालाई घर बाहिर निस्कन अझै त्रास छ यहाँ !
बालिकाको अधिकार सुनिश्चित भैसक्यो, नेताहरु भन्छन् !!

इच्छा चाहना लुकाई पिजडामा थुनिएकी छिन्, बालिका यहाँ !

छोरी घरमै टिक्दैनन् मोबाइलको असर, बुबा भन्छन् !!

डिजिटलमा पढाइलेखाइ, डिजिटलमै सबै सिकाइ आज यहाँ !
प्रविधिको प्रयोगले छोरी विग्रियो, पढेलेखेकैले पनि भन्छन् !!

इन्टरनेट, प्रविधि, डिजिटल संसार, प्रतिस्पर्धा छ दरो यहाँ !
तर प्रविधिबाट, संचारबाट छोरीलाई टाढा राख, सबै भन्छन् !!