सन्दर्भः अन्तराष्ट्रिय बालिका दिवस २०२१
✍️ सन्जिता थेवे
प्रत्यक्ष देख्यौं बजेको नौमति र पञ्चेबाजा
सारा गाउँलेको भेला, रमाइलो घर ऑगन
फूल र दिपले सुसज्जित, सबैतिर चहलपहल,
तर देखिन्थिन् ति बालिका अति चिन्तित।
घर परिवार बाट हुँदैथिइन् टाढा
टुक्राई बाल मष्तिष्कका सपना सारा
महल अनि झुपडीका ति अनेकौ बाल बालिका
रुढीवादी सोचका कारण जानु पर्ने कता कता
खेल्ने रमाउने उमेरमा हुन्छ चञ्चल दिमाग
बाल विवाहको कारण गर्नु पर्छ अनेकन इच्छा त्याग
बालबालिका हुन भविष्यको कर्णधार
बाल विवाहलाई रोक्न हामी नै हो जिम्मेवार

