काभ्रे, २०७५ मंसिर ९ गते ।

बनेपा, पनौती र धुलिखेल नगरपालिकाहरुमा सडक बालबालिका सम्बन्धि गरिएको अध्ययन प्रतिवेदन काभ्रेमा सार्वजनिक गरिएको छ । जोखिम परिस्थितिका बालबालिकाको संरक्षण एवमर प्रवद्र्धनमा स्थानिय तह र सरोकारवालाहरुको भूमिका विषयको अन्तरसंवाद कार्यक्रमको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।
सडक बालबालिकाको विषयमा भएको अध्ययन सिविन नेपाल, कमिक रिलिफ र जिल्ला बाल कल्याण समिति, काभ्रेको सहकार्यमा भएको हो ।

बनेपा, पनौती र धुलिखेल नगरपालिकाहरुमा सडक बालबालिका सम्बन्धि गरिएको अध्ययन प्रतिवेदन:
पृष्ठभूमि ः
स्थान परीवर्तन, बसाईसराई, द्वन्द, पारिवारीक विखण्डन वा विविध कारणले खुल्ला आकाश मुनि सडकमा बस्न बाध्य भएका बालबालिकाहरुलाई सडक बालबालिकाको परिभाषा गरीएको छ ।

१. सडक बालबालिकाहरुलाई तीन भागमा विभाजन गरीएको छ ः
क. सडकका बालबालिका ः
जसका परीवार छैनन्, सडकमै कष्टकर जीवन वाँच्नका लागि संघर्ष गरीरहेका हुन्छन् र सडकमै रातदिन बस्न बाध्य भएका हुन्छन् ।
ख. सडकमा बालबालिका ः
जसका परीवार छन् ता पनि सडकमा जीवनयापन गर्न संघर्ष गछन् र रातमा परीवारमा रहन्छन् ।
ग. परीवारनै सडकमा रहेका ः
आमा, बुबा, अभिभावकहरु सडकमै वस्छन् र बालबालिकाहरु पनि सडकमै जन्मन्छन् र सडकमै जीवनयापन गर्दछन् ।

विशेष गरी सडक बालबालिकाहरु सडकमा बाँच्नको लागि फोहर प्लाष्टिक टिप्ने फोहरमा फालेका खानेकुरा खाने, माग्ने चोरी गर्ने साना तिना कामहरु गर्ने गर्दछन् । डेनडाइृट सुघने, अन्य लागु औष्घि खाने, एक अमपसमा झै मmगडा गर्ने जस्ता विविध गतितिवधिका कारण उनिहरुको व्यवहार समाजले ग्रहण गर्न हिच्किचाउने गर्दछन् र समाजले स्वीकार नगरी हेला दुवर्यवहार गर्ने कारणले ती बालबालिकाहरु अझ धेरै जाखिममा पर्दछन् । विशेष गरी सडक बालिकाहरुको अवस्था झन भयाबह रहेको छ । उा्नीहरु दुव्र्यवहारको सिकार, यौन हिँसा, बलातकार जस्ता जोखिममा पर्ने गरेका छन् ।

ग्ल् को तथ्याङ्क अनुसार विश्वभर करिव १५ करोड बालबालिकाहरु सडकमा जिवन बिताउन वाध्य छन् । नेपालको सन् २०१६ को तथ्याङ्क अनुसार नेपालमा करीव ५ हजार जति बालबालिकाहरु रहेको देखिन्छ ।
२०७३ सालमा के.बा.क.स ले काठमाण्डौ उपत्यकामा रहेको सडक बालबालिकाको ब्यवस्थापन गर्ने निर्णय अनुसार उपत्यकामा रहेका करिव १२–१५ सय सडक बालबालिकाहरुको उद्घार तथा पुनस्र्थापना गर्ने क्रममा उपत्यकामा रहेका सडक बालबालिकाहरु मध्य केही बालबालिकाहरु पुन सडकमा फर्किएको अवस्था भेटियो । जस मध्य उपत्यकाको नजिक रहेको काभे्र जिल्लामा पनि ति सडक बालबालिकाहरु आईपुगेको अनुमान गरीएको थियो । साथै द्वन्द, भुकम्प, पारीवारीक विखण्डन र पारिवारीक बेवास्ता का कारण सडक बालबालिका बिध्यमान रहेको पाईयो । तदहनुसार काभे्र जिल्लामा पनि के.बा.क.स द्घारा ती बालबालिकाहको यथा स्थिति पत्ता लगाई व्यवस्थापन गर्नको लागि प्रारम्भिक पहल गरीएको थियो तर विविध कारणवस व्यवस्थापन गर्न कठिनाई परेको थियो ।

यसै परिपेच्छमा सडक बालबालिकाको उद्घार र व्यवस्थापन गर्नु पर्ने अवस्थालाई मध्य नजर गर्दै बनेपा, धुलिखेल र पनौतीमा रहेका सडकबालबालिकाहरुबो स्थिति अनुगमन तथा तथ्याङ्क संकलन गर्न जि.बा.क.स को बैठकको निर्णय अनुसार ५ सदस्यिय अनुगमन उपसमिति गठन भएको र उपसमितिद्घारा बनेपा धुलिखेल र पनौतीमा स्थलगत प्रारम्भिक अनुगमन गरियो । अनुगमनको क्रममा सडक बालबालिका रहने स्थानको पहिचान गरी समितिद्वारा अनुगमणमा स्थानिय न.पा, वडा कार्यालय, जिल्ला बाल संजाल, नगर बाल संजाल र स्थानिय संघ संस्था र स्थानिय ब्यक्तिहरुको सहकार्यमा प्रारम्भिक अनुगमन गरीयो ।

अनुगमनका क्रममा बनेपा न.पा.को चारदोबाटो, बसपार्क, तिन दोबाटो, वोकुटोल, धुलिखेल(बाहंविसे बसस्टैन्ड, तरकारी बजार, गोदाम चौक, उग्रेश्वर साथै पुन्यमाता पुल वरिपरीका कवाडी वेच्ने स्थानमा अनुगमन गरिएको थियो । पनौती न.पा. मा पनौती बसपार्क, मानेश्वरी मन्दिर, पुरानो बजार, त्रिवेणी घाट एरियाका साथै पनौती वडा नं. ६ को कार्यालयमा पनि पनौती न.पा.मा सडक बालबालिकाको स्थिती सम्वन्धमा छलफल गरिएको थियो । त्यस्तै धुलिखेल न.पा. मा अनुगमन गर्ने क्रममा धुलिखेल बसपार्क, अस्पताल चोक, पुरानो बजार, पुर्ण सञ्जिवनी विद्यालयमा सडक बालबालिकाकको स्थिति बारेमा छलफल गरिएको थियो । साथै धुलिखेल न.पा. ६ नं. वडा कार्यालयमा वडा प्रतिनिधिहरु तथा सामाजिक शाखा प्रमुखसँग पनि सडक बालबालिकाका सम्वन्धमा विस्तृत छलफल गरिएको थियो ।

स्थलगत अनुगमनद्घारा बनेपामा करीब २०—२२ जना रहेको भेटियो । जसमध्य केही बालबालिकाहरु सडकमा रातदिन बिताउने र केहि बालबालिकाहरु दिनमा सडक र रातमा परिवारसँग रहने देखियो । पनौती न.पा मा करिब ११ जना सडक बालबालिका रहेको जस्मा सडकमै रहेको ३ जना र बाँकी ८ जना दिनमा सडकमा र राति सामुहिक रुपमा परिवारमा रहने देखियो । त्यस्तै धुलिखेल न.पा मा ६ जना बालबालिकाहरु रहेको र सबै जना दिनमा मात्र सडकमा बस्ने रातमा परिवारसँग बस्ने गरेको देखियो । बालबालिकाको उमेर समुह ६—१८ वर्ष भित्र रहेको पाईयो ।

पनौती न. पा. मा काभ्रे पिपलबोट घर बताउने बर्ष १३ कि मmरना थापा नाम गरेकी एक बालिका र निजका भाई अन्दाजी बर्ष १० का मनिष थापा नाम गरेका बालक, त्यस्तै बनेपा घर बताउने अन्दाजी वर्ष १० का जनक घिसिङ्ग बालबालिकहरु पनौती न.पा., मानेश्वरी मन्दिर छेउछाउमा मागेर जिवन गुजारा गर्ने र पाटीतिर बास बस्ने गरको फेला परेको छ । निज दिदिभाईका बुवाले आमालाई कुटपिट गरेकोले निजहरुलाई छाडेर दोलखा माईती गएको र बुवा पनि निजहरुलाई छाडी सिन्धुपाल्चोक तिर ज्यामी काम गर्न गएको र आफहरुलाई वास्ता नगरेको बताएका छन् । निजहरुको अवस्था हेर्दा तत्कालै व्यवस्थापन गर्नु पर्ने देखिन्छ ।

अनुगमनका क्रममा सम्बन्धित नगरपालिकाहरुका सडक बालबालिकाहरुलाई परेको समस्याहरु ः
१. सडक बालबालिकाहरुको पारीवारीक आर्थिक अवस्था कमजोर रहेका ।
२. सडक बालबालिकाका बुबा आमाको बहु विवाह भई बालबाबिालाई हेरचाह माया उचित स्याहार खाना शिक्षा संरक्षणबाट बञ्चित ।
३. विभिन्न किसिमका हेला तथा दुर्वव्हार सहनु पर्ने ।
४. गाँस बास कपासको समस्या ।
५. असुरक्षित यौन व्यवहार ।
६.व्यक्तिगत, भावनात्मक र संबेगात्मक विकारमा असर ।
७. बाल अधिकार हनन ।
८. सामाजिकिकरणमा समस्या ।

सडक बालबालिकाद्वारा समाजमा पर्ने सक्ने समस्याहरु
१. सामाजिक विकृति फैलन सक्ने ।
२. चोरी, लुटपाट, पकेटमार वा अन्य समस्या निम्तिन सक्ने ।
३. नगरमा बालमैत्रीपूर्ण ब्यवहार वा बालमैत्रीपूणृ नगर बन्न चुनौति रहने कारण सडक बालबालिकाकोे उचित व्यवस्थापनको लागि सम्बन्धित सबै नगरपालिकाहरुले पहल कदमी गरी व्यबस्थापन गरेमा काभे्र जिल्ल्ला सडक बालबालिबा मुक्त जिल्ला बन्न सफल हुनेछ र यो जिल्लामा बाल अधिकार संरक्षणमा एउटा नयाँ ईतिहास बन्न सफल हुनेछ ।
बालबालिकाका सवालहरु ः सँरक्षणका विषयहरु ः
१, बेचविखन ओसारपसारमा परेका बालबालिकाहरु
२,परम्परागत हानीकारक अभ्यासहरु, धर्म,सँस्कृतिका नाममा कानुनले तोकेको भन्दा कम उमेरमा बालविवाह, महिनावारीसँग सँम्बधित बिभेद ,झँुमा प्रथा
३ बालयौनदुब्र्यवहार, बलात्कार ,तथा शोषण अस्लीलता वा बेचबिखन बाट जोखिममा परेका पिडित बालबालिका
४ शारिरिक सजायँ दण्ड ,कुटपीटमा परेका
५जबरजस्ति काममा लगाई ,बालश्रम र बालश्रमशोषणमा परेका र निकृष्ट किसिमका बालश्रममा परेका बालबालिका
६ घरेलु बालश्रम
७ भेदभाव ,लैगीक,भाषीक,वर्गीय,स्थान,धार्मीक,जातिय,
८एच आइ भि र एडसबाट प्रभिवित ,सँक्रमित,
९ घरेलु हिँशा
१० आन्तरिक विस्थापित बालबालिका सशस्त्र सँधर्षमा परेका
११ बाल गृहमा रहेका बाबु आमा वा अभिभावक विहिन
१२ विशेष स्याहार र सँरक्षणको आवस्यक्ता भएका बालबालिका अपाँग भएका सडकमा आश्रित भएका कानुन सँग विवादमा परेका हराएका वा अलपत्रमा परेका बालबालिका
१३ अपहरण मा परेका
१४,बेवास्ता,उपेक्षा वा हेलचेक्राईमा परेका अभिभाबकले जानिबुझी वा अन्जानबस जीबनमा दिर्धकालिन वा ,तत्काल असरपर्ने अबस्था स्याहारसुसार नगर्नु खोपनलगाउनु जोखिममा छोडनु गलतकाम गर्नबाट नरोक्नु,
१५लागु औषधि वा,कुलतमा परेका बालबालिका
१६,आपत कालिन अवस्था, प्राक्र्रृतिक वा मानवश्रृजित प्रकोप बाट पिडित बालबालिका
१७,पारिवारीक बिखण्डन बाट अलपत्रमा परेका बालबालिकाहरु

यी माथीका कुराहरुबाट जाखिम परिस्थितिमा रहेका बालबालिकाहरुले सँरक्षण पाउनु पर्दछ र यस सम्वधमा स्थानिय तहहरुको सक्रिय भुमीका अपरिहार्य छ ।

rbt
rbt
rbt
rbt