प्रेस विजप्ति सहित

बारा, पर्सा लगायतका जिल्लामा गएको आइतवार चलेकाे हावा हुरिले धनजनमा व्यापक क्षति पुगेकाे खबरले हामीलाई अति दुखित तुल्याएकाे छ । घटनामा दिवंगत भएका बालबालिका लगायत सम्पुर्ण अात्माकाे चीर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । साथै, घटनाका घाइते, विस्थापित वा अविभावक गुमाउन पुगेका बालबालिकाको शिघ्र उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, आवश्यक राहत र पुनर्स्थापनाको निम्ति सम्पुर्ण सरोकारवालाहरुमा सिविन नेपाल हार्दिक आग्रह गर्दछ।

जोखिममा परेका बालबालिकाको सहयोगको निम्ति सिविन हेल्पलाइनका प्रतिनिधिहरू सोमवार विहानैदेखि उक्त स्थानमा खटिरहएका छन् । यसैगरी, सिविनको बाल-मनोविमर्श टोली पनि त्यसतर्फ प्रस्थान गरिसकेको छ।

जोखिममा रहेका बालबालिकाको उद्धार र अरु सहयोगका लागि बाल हेल्पलाइनको फोन गर्दा पैसा नलाग्ने नम्बर १०९८ मा फोन गर्न सक्नु हुन्छ