पुस २४, २०१७, मकवानपुर ।

हेटौंडा उपमहानगरपालिका १९ खोल्माडाँडाका १२ वर्षिया बालिका चमेली बल गएको ५ दिनदेखि सम्पर्क विहिन हुनुहुन्छ । निर्मल माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका चमेली बल आप्mनै हजुरबुवा इमान सिं बलको संरक्षणमा रहँदै आएको बाल हेल्पलाइन मकवानपुरले जनाएको छ । पौषको २० गते शुक्रबार विद्यालयबाट घर फर्केपछि करिब १ घण्टा जति घरमै रहेको भएपनि त्यसपछि कहाँ गएको थाहा नभएको हजुरबुवा इमान सिंले बताउनुभयो । आइतबारदेखि बालिका विद्यालय नआएपछि सोधी खोजी गर्दा बालिका हराएको थाहा पाएर खोजीका लागि विद्यालयका शिक्षक ईश्वरचन्द्र रिजालले बाल हेल्पलाइनमा मकवानपुरमा जानकारी गराउनु भएको हो । मोटो शरीर, अन्दाजी ३ फिट अग्लो, दाहिने खुट्टाको बूढी औँला काटिएको, कुर्ता र सेतो बुट्टे सुरुवाल लगाएकी बालिका मन्जुलाई देख्नुभएमा वा फेला पार्नुभएमा बाल हेल्पलाइनको पैसा नलाग्ने फोन १०९८ वा प्रहरीको १०० नम्बरमा फोन गरी सहयोग गरिदिन हुन अनुरोध गर्दछौं ।