भदौ ५ गते २०७६, काठ्माडौ‌
श्रमको क्षेत्रमा बालकहरुको अवस्था झनै डरलाग्दो                                                                                                                                                                                                                                                      -शुभराज पोखरेल
नेपालका लाखौं बालबालिका अझै पनि जोखिमपूर्ण अवस्थामा बाँच्न बाध्य छन् । आइएलओको तत्थ्यांक अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाख बालश्रमिक भएर जीवन गुजारा गर्न बाध्य छन् जसमा ६२१००० जोखिमपूर्ण श्रममा काम गर्न बाध्य भईरहेका छन् । कृषि, घरेलु श्रम, रेष्टुरेन्ट तथा साना होटल चिया पसल, भरिया, ईटा भट्टा, गलैंचा, निमार्ण क्षेत्र, सडक जीवन÷माग्ने, यातयात क्षेत्र, मनोरञ्न क्षेत्र, सर्कस, मसाज सेन्टर, यौन व्यवसाय, बाटोमा पत्रिका तथा सामान बेच्ने देखि जुत्ता पालिस गर्ने ठाउँहरुमा बालबालिकाले श्रम गरेको सहजै देख्न सकिन्छ । अझ भनौं जहाँ श्रम हुन्छ त्यहाँ बालश्रमिक पनि छन् ।
हाम्रो समाजमा बालश्रमको प्रयोग निक्कै लामो समय देखि हुृँदै आएको पाईन्छ । बालश्रम  सबै भन्दा सस्तो श्रम, यसमा नत ज्यालाको कुनै निश्चित मापन हुन्छ नत काम गर्ने समयावधी । जस्तोसुकै काम लगाउँदा पनि कुनै पनि प्रतिकृया विना लुरुलुरु काम गर्ने, खाने बस्ने लगायत कुनै पनि कुराको माग नहुने सजिलो र सस्तो श्रमको रुपमा नेपालमा बालश्रमको दुरुपयोग हुँदै आएको छ । अशिक्षा तथा चरम गरिव परिवारको विवशताको फाइदा उठाउँदै बालबालिकाको अबोध बालापनामाथि नारकिय दुव्र्यवहार, शारीरिक, मानसिक तथा श्रम शोषणको निकृष्ट स्वरुप हो बालश्रम ।
हाम्रो समाजमा जब बालश्रम तथा बालदुव्र्यवहारको बिषय उठ्छ त्यहाँ बालिका माथि मात्र बढि दुव्र्यवहार र यातना हुने कुरा सर्वत्र चर्चा हुने गर्दछ । एकहदसम्म यो सत्य पनि हो । यौन दुव्र्यवहार यौन शोषण र घरेलु श्रमक्षेत्रमा बालिकामाथि भएका अनगिन्ती दुव्र्यव्यवहार तथा यौन शोषणका बिषयलाई हेर्दा यो यथार्थता हो । तर वास्तवमा बालिकाहरुले भन्दा बालकहरुले श्रम क्षेत्रमा अझ बढि पीडित र नारकिय जीवन गुजारी रहेका छन् । समग्र श्रम क्षेत्रलाई विस्लेषण गर्ने हो भने पनि अत्यन्त जोखिमपूण (निकृष्ट) बालश्रमको क्षेत्रहरुमा बालिका भन्दा बालकश्रमिकहरु अत्यन्त धेरै संलग्न छन् । निकृष्ट बालश्रम क्षेत्रमा घरेलु बालश्रम र यौन व्यवसायमा बालिकाको संख्या धेरै छ भने सडक बालबालिका, यातायात क्षेत्र, निर्माण क्षेत्र, बधसाल, भरिया, जुत्ता पालिस, सडकमा सामान विक्रवितरण गर्ने, बालविज्याई, ईटा भट्टा, कुलत, अपहरण जस्ता क्षेत्रमा बालिकाको भन्दा बालकको संख्या निक्कै धेरै रहेको छ ।
केन्द्रिय बालकल्याण समितिले २०७५ मा सडक बाट उद्धार गरेका ८७३ सडक बालबालिकामा ७८३ जना बालक र  ९० बालिकाहरु थिए । यसै गरी यातायात क्षेत्रबाट उद्धार गरिएका ५९ जना सबै बालकहरु मात्र थिए । एक वर्षमा हत्या गरिएका तथा सडक दुर्घटनजामा मृत्य भएका ४९ जनामा २७ जना बालक र २२ जना बालिका थिए । यसै गरी अपहरणमा परेका १७ जना बालबालिकामा १२ जना बालक र ५ जना बालिकाहुनुले श्रम क्षेत्र लगायत हाम्रो समाजमा बालकहरु पनि अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको स्पष्ट हुन्छ ।
जोखिममा बालक र बालिका
घटना विवरण बालक बालिका जम्मा
बालश्रम ९८ जना ५० जना १४८ जना
शारीरिक हिंसा ४२ जना १२ जना ५४ जना
सडक बालबालिका ९०५ १० ५ १०० ५
यौन दुव्र्यवहार र बलात्कार ३५ ९७५ १०० ५
बाल विज्याई १७ जना ५ जना २२ जना
कुलत ४७ जना ४ जना ५१ जना
हराएका (१५ वर्ष मूनिका ६३७ जना ४५१ जना १०८८ जना
बालविवाह २३ जना १५५ जना १७८ जना
श्रोतः बालबालिकाको स्थिति प्रतिवेदन २०७५, बालहेल्पलाइन प्रतिवेदन २०१८
माथिको यी तथ्यांकहरुले हाम्रो समाजमा बालिका भन्दा बालकहरु पनि अत्यन्त जोखिमपूर्ण जीवन जिउन बाध्य भएको यर्थाथलाई पुष्टी गर्छ । श्रम शोषण, हिंसा, परित्यक्तता, अपहरण, यौन दुव्र्यवहार÷पेडोफिलले मूलत बालकहरुलाई नै यौन दुव्र्यवहार गरेका घटना हाम्रासामु छर्लंग छन् । अझ डरलाग्दा पक्ष जोखिमयुक्त श्रम क्षेत्र जस्तै सडक, यातयात, बधसाला, चिम्नीमा गरिने कार्य, सडकको पीच, निर्माण व्यवसाय र भरिया जस्ता श्रम क्षेत्रमा अत्याधिक बालकहरुको प्रयोग भइरहेको छ । साथीको लहै लहै तथा बहकाउमा लागेर परिवार छोड्ने, कुलतमा लाग्ने देखि बालविज्यांइमा पर्नेको संख्यापनि उल्लेखिय रुपमा बालकहरु नै बढि हुनु अझ डरलाग्दा अवस्था हो । पुरुष प्रधान समाजको स्वरुपले पनि फिरौती लगायतका कारण अपहरणमा बालकहरुकै प्रयोग हुनुले हाम्रो समाजमा बालकहरु पनि हरेक कोणबाट जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको प्रष्ट हुन्छ ।
संविधानत नाम(पहिचन) र राष्ट्रियताका साथ विना भेदभाव स्वतन्त्र पूर्वक बाँच्न पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण मौलिक अधिकारको रुपमा रहेको छ । कानुनी रुपमा बालबालिकालाई श्रममा लगाउनु अपराध हो । अझ जोखिमपूर्ण काममा लगाउनु जघन्य अपराध हो । यतिहुँदा हुँदै पनि नेपालमा बालश्रम यथार्थता हो । बालक र बालिकामाथि हुने हिंशा शोषणलाई बालिकामाथि भएका यौन हिंसा तथा यौनजन्य दुव्र्यवहारले मात्र चर्चा पाउँदा बालकहरु कम जोखिममा रहेको भन्ने अनुभूति हुनु पनि बालकहरु थप जोखिममा पर्नु हो । पछिल्लो समयमा नेपालसरकारले कम्लहरी मुक्त घोषणा गरी थारु समुदाकी बालिकालाई घरेलु श्रमबाट उद्धार गरिरहँदा त्यहाँ बालकहरु सोही स्वरुपको श्रम गरिहेको चर्चा परिचर्चा समय समयमा हुने गरेकोछ । घरेलु श्रमिकको रुपमा बालिकाको ठाउँमा बालकहरुको प्रयोग बढ्दै गएको छ । यहाँ हामीले नेपाललाई बालश्रम मुक्त समाज निर्माणमा अग्रसर भईरहेको अवस्थामा बालिकाको ठाउँमा बालकलाई श्रममा लगाउँदा आँखा चिम्लनु आफैमा दुविधा युक्त यथार्थता हो ।
अपहरण, सडक जीवन, विज्याई, लागु पदार्थ दुव्र्यशनी, यौन कार्य, कुलत, अत्याधिक शारीरिक श्रम, भरिया, साना होटल रेष्टुरेन्ट, यातयात क्षेत्र, निर्माण क्षेत्र, बधशाला जस्ता मानसिक शारीरिक बौद्धिक रुपमा अत्यन्त जोखिमपूर्ण श्रम क्षेत्रमा बालकहरुले भोगेका जोखिमता र उनीहरुको भविष्यको बारेमा सोच्न ढिला गर्नु देशको लागि विडम्वना हो ।
सडकमा बस्दा उसले भोग्ने भोगाई र त्यहाँबाट उसको मनमस्तीस्कमा पर्ने प्रभाव त्यहाँबाट सिक्ने कुलत, तथा दुव्र्यशन, दुव्र्यशनी तथा विज्याईमा परेर उसको जीवन भरी पर्ने नकारात्मक असर तथा मनोसामाजिक समस्या, यातयात बाट खसेर हुनसक्ने जोखिम, निर्माणकार्यमा सडक निर्माण क्षेत्रमा हुने जोखिम जस्तै भिमकाय भवन बाट खस्न सक्ने, क्षमता भन्दा बढि भारी बोक्दा शारीरिक विकासमा असर, सडक पीचमा हुने रसाईनको असर, बधसालमा काम गर्दा पर्ने मनोसामाजिक असर जस्ता अत्यन्त डरलाग्दा बिषयहरुमा अहिल्यै नसोच्ने हो भने त्यस परिस्थितिबाट हुर्केका बालकहरु युवा अवस्थामा के बन्नेछन् ? सबैले मनन गर्न ढिलो नगरौं । त्यसैले जोखिम क्षेत्रमा संलग्न हुन बाध्य बालबालिको जीवनको रक्षा र उनीहरुको आधारभूत पोषण, स्वास्थ, शिक्षा, र संरक्षणको बिषयलाई बालक भएकै कारण नजर अन्दाज गर्नु देशलाई अधोगतीमा धकेल्नु हो ।
बालबालिकाको संविधान र कानुन प्रदत्त हकको सार्थक उपभोग गराउने दायित्व हरेक सचेत नागरिक र समुदायको हो । जहाँ बालश्रम छ त्यहाँ प्रश्न उठाउ, सरोकारवालाहरु समक्ष पु¥याउँ । राज्य र सरकारलाई आफ्नो दायित्व पूरा गर्न गराउन सधैं प्रश्नहरु गरौं । हरेकले आफ्नो ठाउँबाट पहल गरेमा बालश्रमिकको उद्धार राहत र संरक्षणमा सरकार तथा राज्य उनीहरुको संरक्षण र विकासको लागि लाग्न बध्य हुनेछ । कुनैपनि बालबालिका विना भेदभाव विकासगर्ने अवसरबाट विमुख हुनु नपरोस् । पोषण, स्वास्थ्य, शिक्षा, संरक्षणको अधिकारबाट वन्चित भई यौन दुव्र्यवहार तथा शोषण, हिंसा, श्रम शोषण, दुव्र्यवहार, तथा संरक्षण विहिन अवस्थामा बालबालिका देखेमा हरेकले आ‡आप्mनो ठाउँबाट आवाज उठाउँ !! प्रश्न गरौं !! कुरा गरौं !! यो नै बालबालिको संरक्षण र बालश्रम अन्त्यको प्रारम्भ विन्दु हुनेछ ।