भाद्र २९ गते २०७६, काठ्माडौं ।

चन्द्रागिरी नगरपालिकाकास्तरिय वक्तृत्व कला प्रतियोगितामा श्री कंकाली माध्यमिक विद्यालयकी आरुश्री गौतम पहिलो हुनुभएको छ । ब्राइट होराइजनकी माध्यमिक विद्यालयकी रविना थापा दोश्रो र मंगलोदय माध्यमिक विद्यालयकी प्रशंसा अधिकारी तेश्रो हुनुभएको छ । प्रतियोगितामा चन्द्रागिरी नगरपालिकाका विभिन्न विद्यालयका १५ विद्यार्थी सहभागी रहे ।
बाल दिवसको सन्दर्भमा आयोजना गरिएको प्रतियोगितामा विजयीलाई नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
बाल दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रम, नगरपालिकाका उपमेयर लिसा नकर्मीको प्रमुख आतिथ्यमा संचालन भएको हो ।