कार्तिक ४ गते, २०७६, काठ्माडौं ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिला हिंसा निवारणका लागि कार्य योजना बनिसकेको र त्यही अनुरुप अब बन्ने प्रदेश स्तरिय कमिटिमा किशोरी प्रतिनिधि सहभागी गराइने जानकारी दिनुभएको छ । किशोरीका मुद्दाबारे उनीहरुबाटै जान्नै मन्त्रालयमै मन्त्री थापाले किशोरीहरुको भेला डाक्नुभएको थियो । भेलामा, महिला हिंसा विरुद्धको १६ दिने अभियानमा मन्त्रालयले सातै प्रदेशका किशोरीसम्म आफ्ना कार्यक्रम पुर्याउन चाहेको बताउँदै मन्त्री थापाले यसमा समग्र राष्टिय किशोरी संजालका सदस्यहरुको सहयोगकालागि अपिल समेत गर्नुभयो । किशोरीहरुसँग प्रत्यक्ष भेटेर उनीहरुका समस्या र अरु मुद्दामा छलफल गर्न पाएर आफू निक्कै हर्षित भएको अभिब्यक्ति दिनुभएको थियो । सिविनको संयोजनमा विभिन्न ७ जिल्लाका १३ किशोरी भेलामा सहभागि भएका थिए ।
मन्त्री थापासँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राखेका किशोरीहरुले, यो भेटले सरकार किशोरीका कुरा सुन्न अनि किशोरीका समस्या समाधानमा साँच्चै गम्भीर रहेको अनुभूति भएको प्रतिक्रिया दिए ।