पुष १५ गते २०७६, काठ्माडौं ।

युवा आत्मनिर्भरताको विषयमा सिविन नेपाल र नेपाल उद्योग वाणिज्य महासंघबिच सहकार्यकालागि पहल थालिएको छ ।
नागरिकताबाट बंचित भएका, पूुर्ण विद्यालय शिक्षाबाट बंचित भएका र अरु जोखिम परिस्थितिका नवयुवालाई समाजमा आर्थिक रुपमा सबल बनाउन र स्थापित बनाउन सिविन नेपाल र महासंघबीच सहकार्यको प्रयास थालिएको हो ।
काठ्माडौंमा भएको जोखिम अवस्थामा रहेका नवयुवाहरुको रोजगारी र आत्मनिर्भरता सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सिविन नेपालका तर्फबाट कार्यकारी निर्देशक सुम्निमा तुलाधरले जोखिम र फरक परिस्थितिका युवालाई समाजमा आर्थिक रुपमा स्थापित गर्न, गर्न सकिने काम बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । महासंघका महानिर्देशक धरणीधर खतिवडाले, आफू अन्तर्गका उद्योग, ब्यवसायमा युवालाई समेट्ने प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
फोरुट सिविन महासंघ
कार्यक्रम सिविन नेपाल र नेपाल उद्योग बाणिज्य महासंघको आयोजनामा फोरुट नर्वैको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।