भदौ ३१ गते २०७७, काठ्माडौं ।
समग्र राष्टिय किशोरी संजालले राष्टिय बाल दिवसको अवसरमा विशेष परिसंवाद कार्यक्रमको आयोजना गरेकोे छ । मुलुकका सातै प्रदेशका २५० भन्दा बढी किशोरकिशोरी सहभागी महामारीमा किशोरकिशोरी विषयको परिसंवादमा सहभागी रहे । आआफ्ना क्षेत्रमा कोभिड १९ का कारणले बदलिएको समयमा बालबालिका तथा किशोरकिशोरीले भोग्दै आएका समस्याका बारेमा सहभागीहरुले छलफल गरेका थिए । सिविन नेपाल र प्लान इन्टरन्यास्नल नेपालको सहयोगमा संजालले भच्र्युअल माध्यममा यो परिसंवादको आयोजना गरेको हो ।
कार्यक्रममा प्रदेश नम्बर १ को खोटाडका पवन राई, प्रदेश २ को रौतहटबाट पुनम कुमारी पटेल, बागमती प्रदेशको ललितपुरबाट मन्दिरा श्रेष्ठ, गण्डकी प्रदेशको म्याग्दीबाट महेन्द्र आचार्य, प्रदेश ५ बाट मंजु थापा मगर, कर्णली प्रदेशबाट पुनम पुन र सुदूर पश्चिमबाट धनसरा भण्डारी, परिसंवाद कार्यक्रमका मुख्य बक्ता रहनु भयो । सबै वक्ताहरुले कोभिड १९ संक्रमणको जोखिम रहेको अहिलेको समयमा बालअधिकारे खुम्चँदो अवस्थाप्रति चिन्ता ब्यक्त गरे ।
न्यास्नल कलेज अफ सोसल साइन्सेजका छात्रा सगुन भेटवाल र सज्जु महर्जनले, लैंगिक हिंसा विरुद्ध आआफ्ना कविता बाचन गर्नुभयो । यसैगरी, बालिका शान्तिगृहमा आश्रित किशोरीहरुले सामुहिक गीत प्रस्तुत गर्नुभयो ।
संवादका क्रममा लैंगिक अल्पसंख्यक बालबालिकाका समस्या, बन्दाबन्दी र त्यसपछिको समयमा बालबालिकाको मानसिक स्वास्थ्य, लामो समयसम्म विभिन्न इलेक्टोनिक ग्याजेटमा समय विताउँदा पर्ने गरेका असर, बालविवाह, यौन हिंसा र दुब्र्यवहार लगायतका समस्यामा छलफल गरिएको थियो ।
कोरोना संक्रमणको जोखिम रहेको अहिलेको समयमा समग्र राष्टिय किशोरी संजालले भच्र्युअली आयोजना गरेको परिसंवाद आयोजनाको दृष्टिकोणले पृथक भएपनि सहभागितामुलक रह्यो । कार्यक्रमको आयोजना, संचालन, किशोरकिशोरीले नै गरे । महिला तथा सामाजिक विकास संसदीय समितिका अध्यक्ष निरु पाल विशेष अतिथिका रुपमा कार्यक्रममा सहभागी हुनुभयो । नयाँ माध्यममा नयाँ किसिमले आयोजना गरिएको कार्यक्रमले आउने दिनमा पनि भौतिक रुपमा नभेटिकनै आआफ्नो स्थानबाटै बालबालिका र किशोरकिशोरीले भोगेका समस्या र तिनको समाधानका लागि जुटेर लाग्न बालबालिकालाई नयाँ हौसला उपलब्ध गराएको कार्यक्रमका सहभागी किशोरकिशोरीको जिकिर रह्यो । कार्यक्रममा उठेका विषयवस्तुमा आउने दिनमा विभिन्न तहमा आवश्यक निकायसँग सहकार्य गरी समाधान तर्फ लागिने सिविन नेपालले जनाएको छ ।