सन्दर्भ : अन्तर्राष्ट्रिय बालिका दिवस!
गजल
बालिका अझै घरबाट बाहिर जानापाको छैनन् यहाँ!
नेताहरुले बालिकाको अधिकार सुनिस्चित भैसक्यो भन्छन् अरे!!
आफ्नो इच्छा चाहनालाई थाती राखेर पिजडामा बसेकिछन बालिका यहाँ!
बाबाले मोबाईलले गर्दा छोरी त बाहिर लखर लखर हिड्ने भैसकी भन्छन् अरे!!
आजको यो डिजिटल युगमा पनि डिजिटल प्रविधि प्रयोग गर्नुहुदैना भन्छन् यहीँ!
अनि पढेलेखेका पनि यहि युगका कारण छोरी बिग्री भन्छन् अरे!!
कयौं बालिका अझै डिजिटल बाट वञ्चित छन् यहाँ!
कयौं व्यक्तिले त भन्नुहुन्छ अझै छोरी डिजिटलबाट टाढा हुनुपर्छ अरे!!

प्रतिमा के.सि ( सदस्य राष्ट्रिय किशोरी सञ्जाल )
असोज २४ गते २०७८