फागुन ७ गते २०७८, काठ्माडौं ।
स्थानिय तह निर्वाचन र प्रजातन्त्रमा निर्वाचनको महत्वलगायतका विषयमा
सडकमा आश्रित र जोखिम परिस्थितिका ब्यक्तिहरुका लागि सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । बालअधिकार, निर्वाचनले बालअधिकार संरक्षणमा खेल्न सक्ने भूमिका, निर्वाचनमा मत हाल्नुको आवश्यकतालगायतका विषयमा सहभागीहरुले चर्चा गरेका थिए । करिब ४० जना सहभागीहरुमा १८ बर्ष माथिका धेरैजना भएपनि अहिलेसम्म कसैले मत हालेको अनुभव नभएको सहभागीहरुसँग जन्म प्रमाणको कुनै दस्तावेज छैन । परिचय पत्र प्राप्तिकालागि अझै संघर्ष गरिरहेका अधिकांशका बालबालिकाको समेत जन्मदर्ता भएको छैन । सिविनको पहलमा को सहयोगमा भएको सचेतना कार्यक्रममा सहभागीले, सडक आश्रित र जोखिम परिस्थितिमा रहेकाको अधिकार स्थापनाका लागि राजनैतिक दलले कस्तो भूमिका खेल्न सक्छ भन्ने बारेमा समेत बुझेका थिए ।