भदौ २० गते २०७९ ।

मानव बेचविखन तथा ओसार पसारविरुद्धको १६ औं राष्ट्रिय दिवस मनाउने क्रममा मकवानपुरको हेटौंडामा प्रभातफेरी निकालिएको छ । भुटनदेवी ४ बाट शुरुभएको र् यालीले नगरका विभिन्न स्थानको परिक्रमा गरी बुद्धचोकस्थित सामाजिक विकास मन्त्रालयमा पुगेर टुंगिएको थियो । सामाजिक विकास मन्त्रालयको मुख्य आयोजना र मानवअधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको संजालको समन्वयमा आयोजित र् यालीमा विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी र मन्त्रालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । र् यालीको अन्त्यमा समाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत चन्द्र कुमारी व्यञ्जनकारले मानव बेचविखन विरुद्ध मन्त्रालयले गरिरहेका कामहरु बारे जानकारी दिनुभएको थियो । यसैगरी, विभिन्न २५ वटा संघसंस्थाको प्रतिनिधित्व रहेको संजालका अध्यक्ष आरती पाठकले पनि आफ्ना विचार राख्नुभएको थियो ।

यसैक्रममा, दिवसकै क्रममा, सामाजिक विकास मन्त्रालयले प्रदेशमा मानव वेचविखन र ओसारपसार अन्त्यका लागि सरोकारवालाहरुको भूमिका खोज्दै एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख आतिथ्यता र मन्त्रालयका सचिव कृष्ण नेपाल अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सरकारी कर्मचारीलगायत ४० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा अधिवक्ता मनप्रसाद भट्टराईले मानव बेचविखनविरुद्ध भएका कानूनी प्रावधान र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैक्रममा प्रदेश प्रहरीका तर्फबाट २०७७, ७८ मा भएका मानव बेचविखनविरुद्धका घटनाहरुबारे जानकारी दिइएको थियो ।