साउन २१ गते २०८१, विराटनगर ।
बाल हेल्पलाइन नेपाल १०९८ बारे बढी भन्दा बढी बालबालिकासम्म जानकारी पुर्याउने उद्देश्यले विराटनगर ३ मा रहेको पोखरियामा माध्यमिक विद्यालयमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न कक्षामा अध्ययन गरिरहेका करिब दुई सय बालबालिका अभिमुखिकरणमा सहभागी रहेको बाल हेल्पलाइन नेपाल १०९८ विराटनगरका संयोजक बासु अधिकारीले जानकारी दिनुभएको हो । कार्यक्रममा बालबालिकालाई बाल हेल्पलाइनले गर्ने कामहरु, हेल्पलाइनमा सम्पर्क गर्न सकिने अवस्था र तरिका लगायतका विषयमा जानकारी गराइएको थियो । यसैगरी, सिविन नेपालले बाल संरक्षणको विषयमा प्रकाशित पाम्फ्लेट, बुक्लेट, पोस्टर, स्टीकरहरु समेत बालबालिकालाई वितरण गरिएको थियो ।