काठमाडौंका १० सामुदायिक विध्यालयका ५० भन्दा बढी बिद्यार्थीले राजधानीको सांस्कृतिक संस्थानको नाचघरमा गीत्, नाच प्रस्तुत गरेका छन् । प्रतिभा प्रस्तुत गर्ने अधिकंश बिद्यार्थीले जीवनमै पहिलो पटक प्रतिभा प्रस्तुतिको मौका पाएका हुन् ।सार्वजनिक शिक्षा प्रवर्द्धनका लागि काठमाडौंका सामुदायिक बिद्यालय र सिविन नेपालले आयोजना गरेको बाल साङ््गितिक कार्यक्रममा १० बिद्यालयका ५० भन्दा बढी बालबालिकले प्रतिभा प्रस्तुत गरेका हुन् ।

सार्वजनिक शिक्षा प्रवर्द्धनका लागि काठमाडौंका सामुदायिक बिद्यालय र सिविन नेपालले आयोजना गरेको बाल साङ््गितिक कार्यक्रममा १० बिद्यालयका ५० भन्दा बढी बालबालिकले प्रतिभा प्रस्तुत गरेका हुन् । WE World Onlus को सहयोगमा भएको कार्यक्रममा स्थानिय प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

 

सामुदायिक बिद्यालयमा अभिभावक दिवस भनेर बिरलै हुने भएकोले आ-आफ््ना प्रतिभा अभिभवक सामु प्रदर्शन गर्ने अवसर पाएकोमा विद्यार्थीहरुले खुशी ब्यक्त गरेका छन् ।
कार्यक्रममा बाँड भञ्ज्यांगको चण्डी भैरब मा वि, डल्लुको गीतामाता मा वि, सिनमंगलको गुह््यश्वोरी मा वि, कालिमाटी को जनप्रभात मा वि, न्ह्यखाको कन्या मन्दिर मा वि, मनमैजुको मानसिंह धर्म मा वि, ढल्कोको नेपाल राष्ट्रिय आ वि, चाबहिलको पशुपती मित्र मा वि, रानीबारीको रानीदेवी आ वि र भागवती बारीको शान्ति निकुञ््ज मा वि का विद्यार्थी सहभागी रहे ।