कोशी प्रदेश सरकार र सिविन नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय बालअधिकार दिवस २०२५ को अवसरमा प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमअन्तर्गत “बालविवाह अन्त्यमा बालबालिकाले खेल्न सक्ने भूमिका”बारे खुला निबन्ध प्रतियोगिता तथा “बालगृहमा रहेका बालबालिकाबीच लागूपदार्थले बालबालिकामा पार्ने असर र यसको निराकरण”बारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो।

प्रतियोगिताका बिजेता बालबालिकालाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रम कोशी प्रदेशका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईको अध्यक्षतामा सम्पन्न भयो। साथै सरकारका विभिन्न मन्त्रालयका सचिवहरू, गैसस महासङ् कोशी, नेपाल पत्रकार महासङ्, विभिन्न सामाजिक संस्था, तथा १०० भन्दा बढी सहभागीको सक्रिय उपस्थितिका बीच कार्यक्रम अत्यन्तै सफल र प्रभावकारी बनेको थियो।