पुष २४ गते २०८२ काठ्माडौं ।

शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सा विज्ञान अध्ययनरत विद्यार्थीलाई बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य बारे अभिमुखीकरण गरिएको छ । अस्पतालमा उपचारकालागि आउने बालबालिकामा मानसिक स्वास्थ्य समस्या पहिचान, सिफारिस र उपचारकालागि उपलब्ध संयन्त्रको बारेमा सहभागीहरुलाई जानकारी गराइएको हो । अभिमुखीकरणमा सहभागी ३० जनालाई बाल हेल्पलाइन नेपाल १०९८ बारे समेत जानकारी गराइएको थियो । अभिमुखीकरणमा नेपालमा बालबालिकामा देखिएका मानसिक स्वास्थ्यसँग जोडिएका समस्या, समस्या समाधानका लागि गर्दै आएका प्रयास र उपलब्ध प्रविधिको बारेमा जानकारी गराउनुका साथै छलफल समेत गरिएको थियो ।