२० माघ, २०७४, मकवानपुर ।

बालबिवाह न्यूनिकरणमा बालबालिकाको भूमिका बिषयमा भएको बक्तृत्व कला प्रतियोगितमा वडा नं १ की सरिता शाही ठकुरी पहिलो, वडा नं १७ की ममता अगस्ती दोस्रो र नबिना गौतम तेस्रो हुनु भएको छ ।

प्रतियोगितामा वडा नं ८ की अश्मी अधिकारीले सान्त्वना पुरस्कार पाउनु भयो । नगर्का वडास्तरिय बालक्लब बिच भएको प्रतियोगितमा १५ जना सहभागी रहेको सिविन बाल हेल्पलाईनका कार्यक्रम अधिकृत समझना अधिकारीले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा सहभागी बालबालिकाले बालविवाह समाजबातै शुरु भएको कुप्रथा भएकोले समाज मिलेरै रोक्नुपर्ने बिचार राखेका छन् ।

बालविवाह रोक्न बालबालिकाले पनि बालबिवाह नगर्ने अठोट लिनिपर्ने, कतै बालविवाह हुन लागे प्रहरी वा बालहेल्प्लिने १०९८ लगायत सम्बन्धित निकायमा सूचना दिने, बालक्लबमा आबद्ध भएर ब्यक्तित्व बिकासमा लाग्नु पर्ने सुझाव राखेका थिए ।

नगर बालक्लब सञ्जाल हेटौंडाले उपनगरपालिकाको सहयोगमा सिविन बाल हेल्पलाईन मकवानपुरको समान्वयमा प्रतियोगिता सम्पन्न भएको हो ।